सुनचाँदी राख्न अब महँगो ‘धरौटी’ नचाहिने ! मन्जुश्री फाइनान्सले ल्यायो उच्च सुरक्षासहितको ‘फायरप्रूफ’ लकर सुविधा

सुनचाँदी राख्न अब महँगो ‘धरौटी’ नचाहिने ! मन्जुश्री फाइनान्सले ल्यायो उच्च सुरक्षासहितको ‘फायरप्रूफ’ लकर सुविधा

मन्जुश्री फाईनान्स लिमिटेडले आफ्ना ग्राहकहरुलाई नयाँ सुविधा ‘मन्जुश्री सुपर सेफ लकर’ उपलब्ध गराएको छ। हाल यो सुविधा कर्पोरेट शाखा थापाथली र न्युरोडमा मात्र उपलब्ध छ। कम्पनीका अनुसार, ग्राहकहरुले यस लकर सुविधा उपयोग गर्दा कुनै पनि प्रकारको सेक्युरिटी डिपोजिट तिर्नुपर्ने छैन।

मन्जुश्री फाईनान्सले सिमित अवधिका लागि यो छुट उपलब्ध गराएको हो र ग्राहकहरुले यस अवसरको लाभ उठाउने अपेक्षा राखेको छ। लकर विभिन्न आकारमा उपलब्ध छन् र उच्च प्रविधि युक्त सुरक्षा प्रणाली, फायरप्रूफ र नियन्त्रित वातावरणमा राखिएका छन्। इच्छुक ग्राहकहरु आफ्नो खाता जुनसुकै शाखामा भए पनि आफूलाई सुविधाजनक शाखामा गएर यो सेवा लिन सक्नेछन्।

हालसम्म मन्जुश्री फाईनान्सले करिब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २०.५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। कम्पनीसँग २८ वटा शाखा र एक विस्तारित काउन्टर रहेका छन्। यसले १ लाख ८५ हजार भन्दा बढी सन्तुष्ट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

यस अघि मन्जुश्री फाईनान्सले ग्राहकहरु माझ Manjushree Virtual Credit Card को सुविधा पनि उपलब्ध गराउँदै आएको थियो।

622535308 26056147177355365 8123417637840774718 n https://bajarkochirfar.com/no-more-expensive-deposit-required-to-store-gold-and-silver-manjushree-finance-introduces-high-security-fireproof-locker-facility | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स