SHAREHUBSHAREHUB

हकप्रद सेयर निष्काशन गर्दै एनआईसी एशिया बैंक

AdvertisementAds
हकप्रद सेयर निष्काशन गर्दै एनआईसी एशिया बैंक
AdvertisementAds

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ। बैंकको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो।

बैठकको निर्णयअनुसार बैंकले हकप्रद निष्काशनका लागि पूर्व स्वीकृति प्राप्त गर्न नेपाल राष्ट्र बैंकमा निवेदन पेश गर्ने भएको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएमा बैंकलाई हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाउन बाटो खुल्नेछ।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ। प्रस्तावित ५० प्रतिशत हकप्रदअनुसार बैंकले ७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स