नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण कार्यक्रम आज नेपाल राष्ट्र बैंकमा सम्पन्न भएको थियो।
बैंक सञ्चालक समितिको २०८२ पुस २८ गते सम्पन्न ६९९औँ बैठकले चौधरीलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको थियो। व्यावसायिक घराना चौधरी ग्रुपका प्रबन्ध सञ्चालक रहेका चौधरीले समूहका विभिन्न कम्पनीमा सञ्चालकको जिम्मेवारी साथै चौधरी फाउण्डेशनको उपाध्यक्ष र नेपाल उद्योग परिसंघ (सीएनआई) का वरिष्ठ उपाध्यक्षको रूपमा पनि काम गर्दै आएका छन्।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना, बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरू रामु पौडेल, गुरुप्रसाद पौडेल, दयाराम शर्मा, दीर्घबहादुर रावल, निर्देशक निरा ताल्चाभडेल, सञ्चालक समितिका सचिव शरणकुमार अधिकारी, र नबिल बैंकका सञ्चालक मलय मुखर्जी, अनन्त पौड्याल, प्रविन टिवडेवाला, सरिता भट्ट अधिकारी, अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र कम्पनी सचिव भिष्म नेउपाने उपस्थित थिए।
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया