सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ५ अर्ब बढी
आज नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ बिन्दुमा बन्द भएको छ। आज सबै उपसमूह बढेको छ भने सर्वाधिक बढ्ने उपसमूहमा फाइनान्स उपसमूह रहेको छ। दिनभर ५ अर्ब ३८ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार सिन्धु विकास बैंकको भएको छ। यस दिन ३०५ कम्पनीको १ करोड २० लाख सेयर कारोबार भएको छ्। अघिल्लो दिन उच्च अङ्कले बढेको बजारमा आज भने सामान्य अंकले मात्र बढेको छ।
नेप्से ६.१६ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो: आज नेप्से ६.१६ अंकले बढ्दा एउटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने १२५ कम्पनीको सेयरमूल्य बढेको छ । आज धेरै बढ्नेमा क्रमश: सप्तकोशी डेभलपमेन्ट बैंक, न्यादी हाइड्रोपावर, प्रभु महालक्ष्मी लाइफ , सिन्धु विकास बैंक, र समृद् फाइनान्स रहेको छ।
नेप्से ६.१६ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयरमूल्य घट्यो: आज नेप्से ६.१६ अंकले बढ्दा १२ कम्पनीको सेयरमूल्य घटेको छ। आज घटनेमा क्रमश: आत्मनिर्भर लघुवित्त, डोलटि हाइड्रोपावर, भूगोल इनर्जी, उपकार लघुवित्त, र बलेफी हाइड्रोपावर रहेको छ।