ललितपुरको झम्सिखेलमा अन्तर्राष्ट्रियस्तरको मल्टिभेन्यु ‘द प्लाजा’ सञ्चालनमा ल्याइएको छ ।नेपालको सबैभन्दा ठूलो मल्टिभेन्यु दाबी गरिएको द प्लाजामा सिजी होल्डिङ्स कम्पनीले एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । खाना र सेवासहितको मल्टिभेन्यु द प्लाजाको व्यवस्थापन सिग्नेचर इभेन्ट्स प्रालिले गरिरहेको छ ।
सिजी होल्डिङ्सका परामर्शदाता अर्जुनराज गिरीले अन्तर्राष्ट्रिय मापदण्डको पूर्वाधार र सुविधायुक्त द प्लाजा नेपालकै ठूलो मल्टिभेन्यु भएको बताए ।कुल १२ हजार वर्ग फिटको ठूलो हलमा थियटर सेटअप एकै साथ दुई हजार पाँच सयभन्दा बढी व्यक्ति बसेर कार्यक्रम गर्न सकिन्छ भने ठूलो हललाई आवश्यकताअनुसार दुई र तीनवटा हलमा विभाजन गरेर पनि कार्यक्रम गर्न सकिने जनाइएको छ ।
कुल ४३ हजार वर्ग फिटमा निर्माण भएको द प्लाजामा तीन सयभन्दा बढी कार पार्किङको सुविधा छ । प्लाजामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभासम्मेलन, विवाह तथा व्रतबन्धलगायत कर्पोरेट बैठक र सानादेखि ठूला कार्यक्रम गर्न सकिन्छ । द प्लाजामा आवश्यकताअनुसार सचिवालय र भिआइपी कक्षको पनि सुविधा छ ।
कार्यक्रमको उच्चस्तरको व्यवस्थापनका लागि द प्लाजाले आवश्यकताअनुसार आधुनिक र उच्च प्रविधिको साउन्ड तथा लाइट, सांस्कृतिक कार्यक्रम, मल्टिमिडिया र अडियो भिजुअलसहितको प्रबन्ध गर्ने जनाइएको छ ।















प्रतिकृया