फिनटेक अलायन्स नेपालले नेपालकै पहिलो तथा सबैभन्दा ठूलो फिनटेक–केन्द्रित प्रदर्शनी ‘नेपाल फिनटेक एक्स्पो २०२६’ आयोजना गर्ने घोषणा गरेको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत एक्स्पोको औपचारिक सार्वजनिक घोषणा गरिएको हो। कार्यक्रम २०२६ जनवरी २ र ३ (पौष १८ र १९) मा ललितपुर, सानेपास्थित हेरिटेज गार्डेनमा हुनेछ।
‘टेक इनोभेटरलाई भेट्न बैंक र वित्तीय संस्थाहरूको लागि साझा प्लेटफर्म’ नाराका साथ आयोजना गर्न लागिएको यो एक्स्पो नेपालमा पहिलो पटक पूर्ण रूपमा फिनटेक केन्द्रित भव्य मेला हुने आयोजकले जनाएको छ।एक्स्पोको उद्देश्य डिजिटल फाइनान्स, भुक्तानी प्रणाली, बैंकिङ प्रविधि, इम्बेडेड फाइनान्स, साइबर सुरक्षा, क्लाउड बैंकिङ, एआई, ब्लकचेनलगायत उदीयमान प्रविधिहरूलाई एउटै छानामुनि ल्याउनु रहेको छ।
दुई दिनसम्म चल्ने कार्यक्रममा ४,००० भन्दा बढी सहभागी रहने अपेक्षा छ। सहभागीमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, पुँजी तथा लगानी क्षेत्रका प्रतिनिधि, आईटी तथा सफ्टवेयर कम्पनी, फिनटेक र टेक स्टार्टअप, सरकारी तथा नियामक निकाय, दातृ संस्था, अन्तर्राष्ट्रिय प्रतिनिधि तथा सम्भावित लगानीकर्ता रहनेछन्।
एक्सपोमा ६० भन्दा बढी स्ट्यान्डर्ड बूथ, स्टार्टअप डेमो जोन, टेक कम्युनिटी जोन, अनुभवात्मक फिनटेक शोकेस, र उद्योग–केन्द्रित ज्ञान–सत्रहरू रहने व्यवस्था गरिएको छ। टेक कम्युनिटीका लागि ‘फस्ट–कम, फस्ट–सर्भ’आधारमा निःशुल्क टेबल प्रदान गरिनेछ। जसले स्थानीय प्रतिभा र इनोभेटरहरूलाई आफ्नो कौशल प्रदर्शन गर्ने अवसर दिनेछ।
कार्यक्रममार्फत डिजिटल ट्रान्सफर्मेसन, नेक्स्ट–जेन पेमेंट टेक्नोलोजी, क्रेडिट स्कोरिङ, डेटा एनालिटिक्स, फन्ड म्यानेजमेन्ट, साइबर रेसिलिएन्स, फाइनान्सियल इन्क्लूजन, डिजिटल लेंडिङ तथा भुक्तानी प्रणाली विस्तार जस्ता विषयमा गहन छलफल हुनेछ। प्रवेश टिकट सामान्यका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया