बल्ल निकाल्यो नेपाल पुनर्बिमा कम्पनीले पहिलो त्रैमासको वित्तीय विवरण, कति कमायो नाफा?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २ गते
बल्ल निकाल्यो नेपाल पुनर्बिमा कम्पनीले पहिलो त्रैमासको वित्तीय विवरण, कति कमायो नाफा?

नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा बढेर ६ करोड ३२ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड ५६ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो।

यस अवधिमा कम्पनीको खुद बिमा शुल्क आम्दानी १ अर्ब २८ करोड रुपैयाँबाट ३८.४२ प्रतिशतले बढेर १ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ पुगेको छ। यता, लगानी तथा कर्जाबाट हुने आम्दानी ४० करोड ९७ लाख रुपैयाँबाट १०.५४ प्रतिशतले घटेर ३६ करोड ६५ लाख रुपैयाँमा झरेको छ।

१३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस पुनर्बिमा कम्पनीको रिटेन्ड अर्निङमा ५५ करोड ७७ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ४७ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ५४ पैसा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स