आइएमई पे र खल्ती मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति, संयुक्त कारोबार प्रारम्भको तयारी

आइएमई पे र खल्ती मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति, संयुक्त कारोबार प्रारम्भको तयारी

नेपाल राष्ट्र बैंकले आइएमई पे र खल्तीबीचको बहुप्रतीक्षित मर्जरलाई अन्तिम स्वीकृति दिएको छ। दुई प्रमुख डिजिटल वालेटहरू एकीकृत हुँदै पहिलोपटक एउटै संस्थागत संरचनामा प्रवेश गर्न लागेको यो ऐतिहासिक घडी नेपाली फिनटेक क्षेत्रका लागि एउटा निर्णायक मोडको रूपमा हेरिएको छ। मर्जरपछि कम्पनीको नाम ‘आइएमई खल्ती लिमिटेड’ रहनेछ भने, एपको नाम ‘खल्ती’ नै कायम राखिनेछ।

राष्ट्र बैंकको अनुमतिसँगै आगामी तीन महिनासम्म प्रयोगकर्ताहरूको डाटा समायोजन, बैलेन्स स्थानान्तरण र फिचर एकीकरण कार्य तीव्र रूपमा अघि बढ्नेछ।

प्रारम्भिक चरणमा दुवै एप यथावत रूपमा सञ्चालनमा रहने भए पनि प्रयोगकर्ता, रकम, रिवार्ड प्वाइन्ट तथा सेवाहरू क्रमशः एउटै प्लेटफर्ममा समेटिनेछन्। दुवै वालेटमा खाता रहेका प्रयोगकर्ताहरू एकै ट्यापमा नयाँ खल्ती एपमा समावेश हुनेछन्, भने केवल आइएमई पेमा रहेका प्रयोगकर्ताहरूको सहमतिको आधारमा उनीहरूलाई पनि सोही एपमा स्थानान्तरण गरिनेछ।

नयाँ प्रयोगकर्ताहरूका लागि सिधै खल्ती एप डाउनलोड गरेर सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुनेछ। मर्जरपछि एपको नाम खल्ती भए पनि आइएमई पेमा रहेका सबै प्रमुख सेवाहरू र सुविधाहरू नयाँ एपमा समाहित हुनेछ। आइएमई पेमा भएका रकम तथा रिवार्ड प्वाइन्टहरू स्वतः खल्तीमा ट्रान्सफर हुने व्यवस्था मिलाइनेछ, जसले प्रयोगकर्ताहरूलाई कुनै अतिरिक्त प्रक्रिया झेल्नुपर्ने छैन।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स