नेपाल इन्स्योरेन्सले माग्यो ठुलो संख्यामा कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

नेपाल इन्स्योरेन्सले माग्यो ठुलो संख्यामा कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि ४० जना कर्मचारी माग गरेको छ। कम्पनीले असिस्टेन्ट/सिनियर असिस्टेन्ट २५ जना, जुनियर अफिसर–डेप्यूटी म्यानेजर १० जना, र म्यानेजर/सिनियर म्यानेजर ५ जना गरी कुल ४० पदमा आवेदन खुलाएको हो।

असिस्टेन्ट/सिनियर असिस्टेन्ट पदका लागि न्यूनतम प्लस टू उत्तीर्ण गरी निर्जीवन बीमा कम्पनीको मार्केटिङ क्षेत्रमा कम्तीमा २ वर्षको अनुभव हुनुपर्नेछ भने उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्छ। जुनियर अफिसर–डेप्यूटी म्यानेजर पदका लागि न्यूनतम स्नातक (ब्याचलर) डिग्री हासिल गरी सोही क्षेत्रमा कम्तीमा ३ वर्षको अनुभव आवश्यक छ, जसका लागि उमेर सीमा २१ देखि ४० वर्ष तोकिएको छ। त्यसैगरी, म्यानेजर/सिनियर म्यानेजर पदका लागि कम्तीमा स्नातक डिग्री र निर्जीवन बीमा कम्पनीको मार्केटिङ क्षेत्रमा ५ वर्षको अनुभव अनिवार्य छ, जसका लागि उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ४५ वर्षसम्म हुनुपर्छ।

योग्य तथा इच्छुक उम्मेदवारहरूले आवश्यक कागजातहरू संलग्न गरी आगामी १५ दिनभित्र आवेदन दिनुपर्नेछ।

d328c1b3 6be3 441e 810a 01d283d604cb https://bajarkochirfar.com/nepal-insurance-is-seeking-a-large-number-of-employees-for-which-positions-can-applications-be-made | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स