नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि नयाँ भर्ना प्रक्रिया सुरु गरेको छ। भर्ना छनौट निर्देशनालयले भदौ ६ गते सार्वजनिक गरेको सूचनाअनुसार यसपटक २८० जना पदका लागि आवेदन खुला गरिएको हो।
यसमध्ये खुलातर्फ १४६ जना, कर्तव्यपालन वा तालिमका क्रममा मृत्यु भएका वा शारीरिक रूपमा अशक्त भएका सैनिकका सन्ततिका लागि १४ जना, महिलाका लागि २४ जना, आदिवासी जनजातिका लागि ३८ जना, दलितका लागि १८ जना र पिछडिएको क्षेत्रका लागि ६ जनाको कोटा छुट्याइएको छ।
दरखास्त दिने म्याद भदौ ६ गतेदेखि असोज ४ गतेसम्म रहनेछ भने दस्तुर एक हजार रुपैयाँ तोकिएको छ। साथै असोज ५ गतेदेखि ११ गतेसम्म दोब्बर दस्तुर तिरेर पनि दरखास्त बुझाउन सकिने व्यवस्था गरिएको छ।


प्रतिकृया