नेशनल लाइफकी अध्यक्ष सिंहले लिइन् प्राधिकरणका अध्यक्ष समक्ष शपथ



नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकी सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्। उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा समक्ष शपथ लिएकी हुन्।

कम्पनीको असार ५ गते सम्पन्न ३७औं वार्षिक साधारणसभाबाट सञ्चालक समितिको पुनर्गठन भएको थियो र सिंहलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिले पुनः निर्वाचित गरिएको थियो।


Advertisement

शपथ ग्रहण समारोहमा बीमा प्राधिकरणका अध्यक्ष ओझाले पुनः निर्वाचित अध्यक्ष सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री पनि उपस्थित थिए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर