दोस्रो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउने नबिल बैंक, कति कमायो नाफा ?

दोस्रो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउने नबिल बैंक, कति कमायो नाफा ?

नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बाणिज्य बैंकमध्ये सबैभन्दा बढी नाफा कमाएको छ। बैंकले पुस मसान्तसम्म ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा १.२९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस अवधिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको थियो।

इम्पेयरमेन्ट चार्जमा कमी आउँदा बैंकको नाफामा केहि सुधार देखिएको हो। गत वर्ष १ अर्ब ९७ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष १ अर्ब ३५ करोड रुपैयाँमा झरेको छ। बैंकको खराब कर्जा भने ०.५० प्रतिशतले बढेर १.७० प्रतिशत पुगेको छ।

बैंकको खुद ब्याज आम्दानी ४.२१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड रुपैयाँमा सीमित भएको छ। बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३० अर्ब ३१ करोड रुपैयाँ संचित छ। पुस मसान्तसम्म बैंकले ४ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३१ पैसाले बढेर २४ रुपैयाँ ०५ पैसा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ०१ पैसा रहेको छ।

पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ८९ करोड रुपैयाँ रहेको छ।

viber image 2025 01 20 10 26 28 080 https://bajarkochirfar.com/nabil-bank-which-earned-the-highest-profit-in-the-second-quarter-how-much-profit-did-it-earn | %tags

यो पनि पढ्नुहोस् 

माछापुच्छ्रे बैंकको नाफामा सामान्य वृद्धि, एनपिएल पनि बढ्यो
https://bajarkochirfar.com/machhapuchhre-banks-profit-increases-moderately-npls-also-increase

 

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स