SHAREHUB SHAREHUB

माछापुच्छ्रे बैंकको नाफामा सामान्य वृद्धि, एनपिएल पनि बढ्यो

Advertisement Ads
माछापुच्छ्रे बैंकको नाफामा सामान्य वृद्धि, एनपिएल पनि बढ्यो
Advertisement Ads

माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ०.२४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस अवधिमा बैंकले ८० करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढ्नु र इम्पेयरमेन्ट चार्जमा कमी आउँदा बैंकको नाफामा केही सुधार देखिएको हो। गत वर्ष २३ करोड ८५ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज थोरैले घटेर यो वर्ष २० करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ। बैंकको खुद ब्याज आम्दानी बढेर २ अर्ब ८२ करोड रुपैयाँमा पुगेको छ। गत वर्ष यो २ अर्ब ६३ करोड रुपैयाँ थियो । बैंकको खराब कर्जा ०.९४ प्रतिशतले बढेर १.९७ प्रतिशत पुगेको छ।

चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब १० करोड रुपैयाँ संचित छ। पुस मसान्तसम्म बैंकले १ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) थोरैले बढेर १३.८९ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५४.२० रुपैयाँ कायम भएको छ।

दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा १६ करोड ६२ लाख रुपैयाँ रहेको छ।

Advertisement Ads

viber image 2025 01 20 10 47 24 432 https://bajarkochirfar.com/machhapuchhre-banks-profit-increases-moderately-npls-also-increase | %tags

यो पनि पढ्नुहोस् 

प्राइम कमर्सियल बैंकको नाफामा भारी गिरावट, एनपिएल पनि बढ्यो
https://bajarkochirfar.com/prime-commercial-banks-profit-drops-sharply-npls-also-increase

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स