insta insta

प्राइम कमर्सियल बैंकको नाफामा भारी गिरावट, एनपिएल पनि बढ्यो

प्राइम कमर्सियल बैंकको नाफामा भारी गिरावट, एनपिएल पनि बढ्यो
Advertisement Ads

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्राइम कमर्सियल बैंकको नाफा घटेर १ अर्ब ८६ करोड रुपैयाँमा सीमित भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १४.३४ प्रतिशतले कम हो। अघिल्लो वर्ष यस अवधिमा बैंकले २ अर्ब १८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेपनि इम्पेयरमेन्ट चार्ज भारी मात्रामा बढ्दा नाफामा गिरावट आएको हो। बैंकको खुद ब्याज आम्दानी १४.०६ प्रतिशतले बढेर ४ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २.२० प्रतिशतले बढेर ३ अर्ब १८ करोड रुपैयाँमा पुगेको छ।

गत वर्ष २८ करोड ११ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज बढेर यो वर्ष ८६ करोड १५ लाख रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जापनि ०.८९ प्रतिशतले बढेर ४.९६ प्रतिशतमा पुगेको छ।
बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जगेडा कोष १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ। पुस मसान्तसम्म बैंकले २ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ २२ पैसाले घटेर १९ रुपैयाँ २८ पैसामा आएको छ। प्रतिसेयर नेटवर्थ भने १६२.६४ रुपैयाँ रहेको छ।

पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ।

viber image 2025 01 20 11 07 19 442 https://bajarkochirfar.com/prime-commercial-banks-profit-drops-sharply-npls-also-increase | %tags

यो पनि पढ्नुहोस् 

कृषि विकास बैंकको नाफामा गिरावट, खराब कर्जा बढ्यो
https://bajarkochirfar.com/agricultural-development-banks-profit-declines-bad-loans-increase

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स