प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर आजदेखि बिक्रीमा ल्याएको छ। हाल उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्।
बैंकले बिक्रीमा राखिएको सेयरको संख्या सार्वजनिक गरेको छैन। तर बिक्री गर्ने संस्थापकको नाम तथा सेयरको बिक्री मूल्यबारे जानकारी लिन बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न सकिने जनाएको छ।
इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ। तोकिएको अवधिसम्म संस्थापक सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री गर्ने जनाएको छ।




















प्रतिकृया