प्राइम कमर्सियल बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले साधारणसभा पुस ३० गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे आयोजना गर्ने निर्णय गरेको हो।
सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित ८.४२१ प्रतिशत लाभांश अनुमोदन गर्नेछ, जसमा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश समावेश छ। बोनस शेयर वितरणपछि बैंकको चुक्तापुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधनसम्बन्धी विशेष प्रस्ताव पनि पारित गरिनेछ। यस अन्तर्गत नियमनकारी निकायबाट प्राप्त सुझाव वा निर्देशनअनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पनि अनुमोदन गरिनेछ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउने अधिकार सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ।
लाभांश वितरण र साधारणसभा प्रयोजनार्थ बैंकले पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ, पुस २१ गतेसम्म कायम सेयरधनीहरूमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया