insta insta

कृषि विकास बैंकको नाफामा गिरावट, खराब कर्जा बढ्यो

कृषि विकास बैंकको नाफामा गिरावट, खराब कर्जा बढ्यो
Advertisement Ads

कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९५ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.३५ प्रतिशतले कम हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

बैंकको इम्पेयरमेन्ट चार्ज घटेर १ अर्ब ९ करोडबाट ८५ करोड ७५ लाख रुपैयाँमा सीमित भए पनि खुद ब्याज आम्दानीमा गिरावट आउँदा नाफामा दबाब परेको हो। बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ४८ करोडबाट घटेर ३ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ।

यता बैंकको खराब कर्जा १.८८ प्रतिशतले बढेर ४.९० प्रतिशतमा पुगेको छ।

बैंकको चुक्ता पुँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १५ अर्ब २४ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म बैंकले २ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ २६ पैसाले घटेर ११.४७ रुपैयाँमा आएको छ। पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड रुपैयाँ रहेको छ।

viber image 2025 01 20 11 33 31 206 https://bajarkochirfar.com/agricultural-development-banks-profit-declines-bad-loans-increase | %tags

यो पनि पढ्नुहोस् 

नेपाल एसबीआईको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?
https://bajarkochirfar.com/nepal-sbis-profit-increased-what-is-the-earnings-per-share

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स