नेपाल एसबीआईको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

नेपाल एसबीआईको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?
Advertisement Ads

नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.११ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ८४ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

बैंकको इम्पेयरमेन्ट चार्ज ७४ करोड रुपैयाँबाट घटेर २३ करोड रुपैयाँमा झरेको छ, जसले नाफामा सुधार ल्याएको हो। यता, बैंकको खुद ब्याज आम्दानी भने १३.७४ प्रतिशतले घटेर २ अर्ब २९ करोड रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष यो २ अर्ब ६५ करोड रुपैयाँ थियो।

बैंकको खराब कर्जा १.२६ प्रतिशतले बढेर ३.५४ प्रतिशतमा पुगेको छ।

बैंकको चुक्ता पुँजी १० अर्ब ५० करोड रुपैयाँ छ भने जगेडा कोषमा ७ अर्ब ९३ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म बैंकले १ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ १४ पैसाले बढेर १७ रुपैयाँ १५ पैसा पुगेको छ। त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ७ पैसा रहेको छ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब २० करोड रुपैयाँ रहेको छ।

viber image 2025 01 20 12 23 06 035 https://bajarkochirfar.com/nepal-sbis-profit-increased-what-is-the-earnings-per-share | %tags

यो पनि पढ्नुहोस् 

सानिमा बैंकले कमायो १ अर्ब १९ करोड नाफा, ईपिएस कति ?
https://bajarkochirfar.com/sanima-bank-earned-a-profit-of-1-19-billion-rupees-what-is-the-eps

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स