सानिमा बैंकले कमायो १ अर्ब १९ करोड नाफा, ईपिएस कति ?

सानिमा बैंकले कमायो १ अर्ब १९ करोड नाफा, ईपिएस कति ?

सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब १९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४.७२ प्रतिशतले धेरै हो। गत वर्ष बैंकले १ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको थियो।

सञ्चालन मुनाफा बढ्दा र इम्पेयरमेन्ट चार्ज घट्दा बैंकको नाफामा केही सुधार देखिएको हो। समीक्षा अवधिमा इम्पेयरमेन्ट चार्ज ८४ करोड ५० लाख रुपैयाँबाट घटेर ७६ करोड १९ लाख रुपैयाँमा झरेको छ।

बैंकको सञ्चालन नाफा १.२८ प्रतिशतले वृद्धि भई १ अर्ब ६४ करोड रुपैयाँमा पुगेको छ। यता बैंकको खुद ब्याज आम्दानी भने ४.७२ प्रतिशतले घटेर २ अर्ब ८७ करोड रुपैयाँमा झरेको छ। गत वर्ष यो ३ अर्ब १ करोड ६६ लाख रुपैयाँ थियो।

बैंकको खराब कर्जा ०.७५ प्रतिशतबाट ०.७६ प्रतिशतले बढेर १.५१ प्रतिशत पुगेको छ।

बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब १ करोड रुपैयाँ संचित छ। पुस मसान्तसम्म बैंकले २ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ८० पैसाको बढेर १७ रुपैयाँ ६१ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ भने १५७.५६ रुपैयाँ छ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ७९ करोड रुपैयाँ रहेको छ।

viber image 2025 01 20 12 42 59 240 https://bajarkochirfar.com/sanima-bank-earned-a-profit-of-1-19-billion-rupees-what-is-the-eps | %tags

यो पनि पढ्नुहोस् 

राष्ट्रबैंकले समस्याग्रस्त घोषणा गर्ने तयारी गरिरहेको पोखरा फाइनान्सको वित्तीय विवरण कस्तो आयो ?
https://bajarkochirfar.com/what-are-the-financial-statements-of-pokhara-finance-which-is-preparing-to-be-declared-troubled-by-the-national-bank

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स