instainsta

पुरानो लाभांश लिन सेयरधनीलाई नबिल बैंकको आग्रह, अबको एक महिनाभित्र नलिए के हुने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १५ गते
पुरानो लाभांश लिन सेयरधनीलाई नबिल बैंकको आग्रह, अबको एक महिनाभित्र नलिए के हुने ?
AdvertisementAds

नबिल बैंकले आफ्ना सेयरधनीहरुलाई वर्षभन्दा पुरानो नगद लाभांश बुझ्न आग्रह गरेको छ। बैंक (साविक युनाइटेड फाइनान्स र साविक नेपाल बङ्गलादेश बैंक लिमिटेड समेत)को आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न वार्षिक साधारण सभाबाट पारित नगद लाभांश अझै केही सेयरधनीहरूले प्राप्त नगरेका छन्।

कम्पनी ऐन, २०६३ को दफा १८२ बमोजिम, सम्बन्धित सेयरधनीहरूले यथाशीघ्र बैंकको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड, नक्साल, नारायणचौर, काठमाडौं मा सम्पर्क गर्न आग्रह गरिएको छ। सूचना प्रकाशित भएको मितिबाट एक महिनाभित्र सेयरधनीहरूले आफ्नो बक्यौता नगद लाभांश लिन सम्पर्क गर्नुपर्नेछ।

तोकिएको समयभित्र नगद लाभांश लिन नआएमा उक्त रकम कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना गरिएको लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स