नाफा र व्यवसाय दुवैमा नबिलको फड्को: कस्तो छ बैंकको वित्तीय अवस्था ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख १५ गते
नाफा र व्यवसाय दुवैमा नबिलको फड्को: कस्तो छ बैंकको वित्तीय अवस्था ?

नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ३३.९१ प्रतिशतले बढेर ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

इम्पेयरमेन्ट चार्ज घटेका कारण नाफामा वृद्धि भएको हो।

चौथो त्रैमाससम्ममा नबिल बैंकको खुद ब्याज आम्दानी करिब ३.३७ प्रतिशतले बढेर १२ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २६.०८ प्रतिशतले बढेर बढेर ९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। यता, इम्पेयरमेन्ट चार्ज २ अर्ब २९ करोड ३२ लाख रुपैयाँबाट घटेर ४७ करोड ८७ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको खराब कर्जा अनुपात ०.५९ प्रतिशतबिन्दुले घटेर ४.३७ प्रतिशतमा सीमित भएको छ भने खुद खराब कर्जा अनुपात ०.९८ प्रतिशतमा झरेको छ।

समीक्षा अवधिमा बैंकले ५ खर्ब ७८ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ४७ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ३ अर्ब ९० करोड २ लाख रुपैयाँ पुगेको छ र रिटेन अर्निङ्ग ४ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ रहेको छ।

बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९७ पैसाले बढेर ३३ रुपैयाँ २ पैसा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ ३० पैसा रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स