३ अर्ब बराबरको ऋणपत्र जारी गर्दै नबिल बैंक, पायो धितोपत्र बोर्डबाट अनुमति

३ अर्ब बराबरको ऋणपत्र जारी गर्दै नबिल बैंक, पायो धितोपत्र बोर्डबाट अनुमति

नबिल बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले असार १२ गते बैंकलाई ‘नबिल डिबेन्चर–२०८२’ नामक ऋणपत्र निष्काशन गर्न स्वीकृति दिएको हो।

बैंकले १ हजार रुपैयाँ अंकित दरमा कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। जसमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्काशन हुनेछ।

यो ऋणपत्र ८ वर्षे अवधिको हुनेछ र लगानीकर्तालाई वार्षिक ७ प्रतिशत ब्याज दिने व्यवस्था छ। ऋणपत्रको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

Screenshot 2025 06 27 113959 https://bajarkochirfar.com/nabil-bank-issues-bonds-worth-rs-3-billion-receives-approval-from-securities-and-exchange-board-of-nepal | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स