ठमेल प्लाजा होटल एण्ड सुइट्सले आईपीओ जारी गर्ने, बोलायो साधारण सभा

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र ८ गते
AdvertisementAds
ठमेल प्लाजा होटल एण्ड सुइट्सले आईपीओ जारी गर्ने, बोलायो साधारण सभा
AdvertisementAds

ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले भदौ ३१ गते चौथो वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो।

सभा ठमेल प्लाजा होटल एण्ड सुइट्सको सभाकक्ष, ठमेल, काठमाडौंमा बिहान ठीक ९ बजे बस्नेछ।

सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव छ। यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, सेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीमाथि छलफल गरी पारित गरिनेछ।

त्यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

सभाले सर्वसाधारणका लागि छुट्याइएको साधारण सेयर (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गर्नेछ। उक्त सेयर जारी गर्ने क्रममा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावली संशोधन वा अन्य कुनै किसिमको फेरबदल, संशोधन तथा थपघटसम्बन्धी निर्देशन आएमा सोहीअनुसार आवश्यक संशोधन गर्न सञ्चालक समिति वा समितिले तोकेको प्रतिनिधिलाई पूर्ण अख्तियारी दिने प्रस्तावसमेत सभामा पेस हुनेछ।

AdvertisementAds

कम्पनीको व्यवसाय विस्तारका लागि जग्गा खरिद गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विविध प्रस्ताव पनि सभामा छलफल गरी पारित गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स