insta insta

सरकारले २७ जना सहसचिवको सरुवा गर्यो, कसलाई कहाँको जिम्मेवारी ?

सरकारले २७ जना सहसचिवको सरुवा गर्यो, कसलाई कहाँको जिम्मेवारी ?
Advertisement Ads

सरकारले २७ जना सहसचिवको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। सरुवासँगै विभिन्न मन्त्रालय, आयोग, कार्यालय तथा प्रदेशमा कार्यरत सहसचिवहरूको जिम्मेवारी परिवर्तन गरिएको हो।

सहसचिव वेदप्रसाद भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गतबाट अर्थ मन्त्रालय वा अन्तर्गतको कार्यालयमा सरुवा गरिएको छ। त्यस्तै, गोविन्दप्रसाद अधिकारीलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय वा अन्तर्गतबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गत पठाइएको छ।

रुद्रप्रसाद पण्डितलाई पूर्वाधार विकास मन्त्रालय वा अन्तर्गतबाट रक्षा मन्त्रालयमा सरुवा गरिएको छ। युगराज पाण्डेलाई प्रदेश प्रमुखको कार्यालय लुम्बिनी प्रदेशबाट भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ।

यसैगरी, केशव राज सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रिय तथ्यांक कार्यालयमा र नवराज ढकाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट युवा, श्रम तथा रोजगार मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

संगीता ओझालाई महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत सुदूरपश्चिम प्रदेशमा प्रदेश सचिव पदमा कामकाजका लागि खटाइएको छ।

प्रदेश सचिव विष्णुप्रसाद कोइरालालाई कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सूचना तथा सञ्चार मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। तुलसीनाथ गौतमलाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पठाइएको छ।

त्यस्तै, कर्णाली प्रदेशका प्रदेश सचिव सञ्जीवकुमार कर्णलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

Screenshot 24 8 https://bajarkochirfar.com/the-government-transferred-27-joint-secretaries-who-has-what-responsibility | %tags Screenshot 24 8 https://bajarkochirfar.com/the-government-transferred-27-joint-secretaries-who-has-what-responsibility | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स