सानिमा ग्रोथ फण्डले नगद लाभांश दिने, बुक क्लोज कहिले ?

सानिमा ग्रोथ फण्डले नगद लाभांश दिने, बुक क्लोज कहिले ?
Advertisement Ads

सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डले आर्थिक वर्ष २०८२/८३ का लागि ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

सानिमा क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले इकाईधनीलाई करसहित ५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। यसअनुसार फण्डले कुल ३ करोड ३६ लाख २६ हजार ६३० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

सानिमा ग्रोथ फण्डको योजना आकार ६७ करोड २५ लाख ३२ हजार ६०० रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०८२/८३ को आषाढ मसान्तमा फण्डको खुद सम्पत्ती मूल्य १०.५४ रहेको छ।

लाभांश वितरण प्रयोजनका लागि फण्डले भदौ १८ गते एक दिन इकाईधनी दर्ता किताब बन्द गर्ने भएको छ। त्यसैले भदौ १७ गतेसम्म कायम इकाईधनीले उक्त प्रतिफल प्राप्त गर्नेछन्

Screenshot 24 8 2026 9339 www.nepalstock.com https://bajarkochirfar.com/sanima-growth-fund-will-pay-cash-dividend-when-will-the-book-close | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स