साउन ६ गतेदेखि ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै नबिल बैंक, ब्याजदर कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार ३० गते
साउन ६ गतेदेखि ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै नबिल बैंक, ब्याजदर कति ?

नबिल बैंक लिमिटेडले साउन ६ गतेदेखि ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन गर्दैछ। ८ वर्ष अवधिको यो ऋणपत्र वार्षिक ७ प्रतिशत ब्याजदरमा हुनेछ।

बैंकले एक हजार अंकित दरमा कुल ३० लाख कित्ता, अर्थात ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नेछ, जसमा ६० प्रतिशत (१८ लाख कित्ता) व्यक्तिगत तवरबाट र ४० प्रतिशत (१२ लाख कित्ता) सर्वसाधारणलाई बिक्री गरिनेछ।

सर्वसाधारण भागबाट ५ प्रतिशत (६० हजार कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा साउन ९ र ढिलोमा साउन २० गते बन्द हुनेछ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने आवेदन सि-आस्बा प्रणालीमार्फत दिन सकिनेछ। ऋणपत्रका लागि इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ्ग ए’ प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व समयमै पूरा हुने विश्वसनीयता जनाउँछ। ब्याज भुक्तानी आर्थिक वर्षको प्रथम र दोस्रो अर्धवार्षिक अन्त्यपछि कर कट्टा गरी गरिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स