SHAREHUBSHAREHUB

डिभाइन हेल्थकेयरले आईपीओ ल्याउँदै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र ११ गते
AdvertisementAds
डिभाइन हेल्थकेयरले आईपीओ ल्याउँदै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
AdvertisementAds

औषधी उत्पादक कम्पनी डिभाइन हेल्थकेयरले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ निष्काशन तथा बिक्रीका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

यससम्बन्धी सम्झौतापत्रमा डिभाइन हेल्थकेयरका अध्यक्ष युवराज श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रविक्रम ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत अर्थात् २० लाख ७० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको हो।

सम्झौता कार्यक्रममा कम्पनीका प्रबन्ध सञ्चालक सुशान्त मुरारका तथा सञ्चालकद्वय मनोज के सिर र विनय तोदीसमेत सहभागी थिए।

२०७४ कात्तिकमा स्थापना भएको डिभाइन हेल्थकेयर भरतपुर महानगरपालिका–१६, विजयनगर, चितवनमा अवस्थित औषधी उत्पादक कम्पनी हो। कम्पनीले हाल ६७ प्रकारका औषधी उत्पादन गरी नेपाली बजारमा बिक्री–वितरण गर्दै आएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स