नेपाली बजारमा एमजी वीन्डसर ईभी सार्वजनिक, मूल्य कति रुपैयाँ? 

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १३ गते
नेपाली बजारमा एमजी वीन्डसर ईभी सार्वजनिक, मूल्य कति रुपैयाँ? 

पारामाउन्ट मोटर्सले एमजीको नयाँ विद्युतीय मोडल विन्डसर ईभी नेपाली बजारमा भित्र्याएको छ। भारतमै उत्पादन गरिएको विन्डसर ईभी, एमजीले भारतमा तयार पारेको दोस्रो मोडल हो। यसअघि कम्पनीले कोमेट मिनी ईभी नेपालमा ल्याइसकेको छ। भारतीय बजारमा राम्रो बिक्री हासिल गरिसकेको विन्डसर अब नेपालमा बीवाइडी डल्फिनसँग सिधा प्रतिस्पर्धा गर्ने तयारीमा आएको छ। कम्पनीले यसलाई बजेट लगत्तै बिक्री सुरु गर्ने योजना बनाएको छ।

विन्डसर ईभी नेपालमा दुई भेरियन्ट—एक्सक्लूसिभ र इसेन्स—मा उपलब्ध हुनेछ। भन्सार प्रयोजनका लागि सार्वजनिक गरिएको मूल्य अनुसार एक्सक्लूसिभको मूल्य ३९ लाख ४९ हजार र इसेन्सको मूल्य ४२ लाख ४९ हजार रुपैयाँ तोकिएको छ।

प्रदर्शनको कुरा गर्दा, विन्डसरमा ३८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री र १०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले २०० एनएमको टर्क दिन सक्छ। कम्पनीका अनुसार यो गाडी एकपटक फुल चार्जमा ३३१ किलोमिटरसम्म गुड्न सक्छ, भने सहरी परीक्षणमा यसको दायरा ३२७ किलोमिटरसम्म देखिएको छ।

डिजाइन र फिचरको हिसाबले विन्डसर ईभी निकै आधुनिक र प्रिमियम छ। यसमा फ्लस डोर ह्याण्डल, क्लिन सर्फेस डिजाइन, र एलईडी लाइट प्रयोग गरिएको छ। अगाडिको ठूलो एज डिजाइनले गाडीलाई अनौठो र आकर्षक बनाएको छ। १८ इन्चको अलोय ह्वीलले थप स्पोर्टी लुक दिएको छ।

सुविधाको कुरा गर्दा, विन्डसर ईभीमा वायरलेस चार्जर, अटोमेटिक एसी, इलेक्ट्रिकली एड्जस्ट गर्न मिल्ने फ्रन्ट सिट, पावर टेलगेट, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रिक स्टेबिलिटी कन्ट्रोल, र ३६० डिग्री क्यामेरासम्मको सुविधा दिइएको छ। पछाडिका यात्रुका लागि पनि सिट १३५ डिग्रीसम्म ढल्काउन मिल्नेगरी डिजाइन गरिएको छ, जसले लामो यात्रामा पनि आरामदायी अनुभव दिन्छ।

इन्टेरियरमा पानारोमिक ग्लास रुफ, ८.८ इन्चको फुल एलसीडी इन्ट्रुमेन्ट प्यानल, र १५.६ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्क्रिन जस्ता फिचर दिइएका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स