महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । सभा फागुन २३ गते केन्द्रीय कार्यालय सप्तरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने तथा ४ जना संस्थापक र २ जना सर्वसाधारण सेयरधनीको निर्वाचन गर्नेछ ।
त्यसैगरी एफपीओ निष्कासनबाट प्राप्त रकमलाई चुक्ता पूँजीमा वृद्धि गर्ने, कम्पनीको संस्थापक सेयरलाई सर्वसाधारण शेयर समूहमा परिवर्तन गर्ने र मर्जरका लागि उपयुक्त वित्तीय संस्था पहिचान गरी सोसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
तर, कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव गरेको छैन । त्यसैले, यस वर्ष लगानीकर्ताहरु हात खाली हुनेछ।
सभा प्रयोजनार्थ कम्पनीले फागुन ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जस अनुसार फागुन ८ गतेसम्म कायम सेयरधनीले मात्रै सभामा भाग लिन पाउनेछन् ।













प्रतिकृया