घोराही सिमेन्टको ४ करोडभन्दा बढी कित्ता सेयरको लक–इन अवधि सकिँदै

घोराही सिमेन्टको ४ करोडभन्दा बढी कित्ता सेयरको लक–इन अवधि सकिँदै

घोराही सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको करिब ४ करोडभन्दा बढी कित्ता सेयरको लक–इन अवधि सकिने भएको छ। कम्पनीका अनुसार कुल ४ करोड ३ लाख १८ हजार १११ कित्ता सेयरमध्ये ठूलो हिस्सा लक–इन अवधिबाट बाहिरिने तयारीमा छ, जसको अवधि आउँदो असार ३१ गतेबाट समाप्त हुनेछ।

हाल कम्पनीमा संस्थापकको ४ करोड ९५ हजार ६३४ कित्ता, आयोजना प्रभावित स्थानीयको २४ हजार ७०५ कित्ता तथा कर्मचारीको ९७ हजार ७७२ कित्ता सेयर लक–इनमा रहेको छ।

सर्वसाधारणका लागि जारी गरिएको आईपीओ बाँडफाँड भएको मितिबाट संस्थापक, आयोजना प्रभावित र कर्मचारीको सेयर ३ वर्षसम्म लक–इनमा राख्नुपर्ने प्रावधान रहेको छ। यद्यपि, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको सेयर भने अझै पनि रोक्का (फ्रिज) नै रहने कम्पनीले जनाएको छ।

Screenshot 10 6 2026 16656 www.nepalstock.com https://bajarkochirfar.com/lock-in-period-for-over-40-million-shares-of-ghorahi-cement-is-ending | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स