लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल उद्योग परिसंघ (CNI) को २३औँ वार्षिक साधारण सभामा ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ विधाअन्तर्गत सम्मान प्राप्त गरेको छ। उक्त सम्मान सिएनआई सदस्य उद्योगहरूमध्ये भारततर्फ सर्वाधिक निकासी गर्ने उद्योगका रूपमा लिटमस इन्डस्ट्रिजलाई प्रदान गरिएको हो।
यो उपलब्धिले गुणस्तर, नवप्रवर्तन तथा उत्पादन उत्कृष्टताप्रतिको लिटमसको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ। साथै, नेपालको औद्योगिक क्षमतालाई सुदृढ बनाउँदै निर्यात विस्तार र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने कम्पनीको प्रयासलाई यस सम्मानले थप पुष्टि गरेको छ।
लिटमस इन्डस्ट्रिज लिमिटेड नेपालकै सबैभन्दा ठूलो तार, केबल तथा कन्डक्टर उत्पादक उद्योग हो। साथै, नेपालमा एल्युमिनियम तथा एल्युमिनियम अलोय (AL) रड उत्पादन गर्ने एकमात्र उद्योगका रूपमा यसले विशिष्ट पहिचान बनाएको छ।
कम्पनीले गुणस्तर, नवप्रवर्तन र विश्वस्तरीय उत्पादन मापदण्डलाई केन्द्रमा राख्दै नेपालको औद्योगिक विकासलाई सुदृढ बनाएको छ। यसको उत्पादनले घरेलु पूर्वाधार तथा ऊर्जा परियोजनाहरूको आवश्यकतालाई पूरा गर्नुका साथै निर्यातमार्फत नेपालको औद्योगिक पोर्टफोलियोमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।
लिटमसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौँ रोजगारी सिर्जना गरेको छ भने आयात प्रतिस्थापन र आपूर्ति शृङ्खला विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। उत्पादन क्षमता विस्तार, आधुनिक प्रविधिको प्रयोग तथा दक्ष जनशक्ति विकासमा निरन्तर लगानीमार्फत कम्पनीले नेपालको दीर्घकालीन आर्थिक समृद्धिमा योगदान दिइरहेको छ।
यस अवसरमा लिटमस इन्डस्ट्रिज लिमिटेडका मुख्य सञ्चालन अधिकृत (COO) प्रकाश काफ्लेले भने, “नेपाल उद्योग परिसंघद्वारा प्राप्त यो सम्मान गुणस्तर, नवप्रवर्तन तथा उत्कृष्टताप्रतिको हाम्रो प्रतिबद्धताको महत्वपूर्ण कदर हो। यो उपलब्धि लिटमस परिवारका सम्पूर्ण सदस्यहरूको अथक मेहनत, समर्पण र प्रतिबद्धताको परिणाम हो। यस सम्मानका लागि हामी नेपाल उद्योग परिसंघप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। नेपालको अग्रणी तार, केबल तथा कन्डक्टर उत्पादक एवं एल्युमिनियम तथा एएल रडको एकमात्र उत्पादक उद्योगका रूपमा हामीले केवल आफ्ना ग्राहकहरूप्रति मात्र नभई नेपालको औद्योगिक भविष्यप्रति पनि विशेष जिम्मेवारी वहन गरेका छौँ। आगामी दिनमा पनि निर्यात विस्तार, अन्तर्राष्ट्रिय बजारमा उपस्थिति सुदृढीकरण तथा नेपालको आर्थिक र औद्योगिक विकासमा योगदान पु¥याउने हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ। यो सम्मानले हामीलाई अझ उच्च लक्ष्य प्राप्तिका लागि थप प्रेरित गरेको छ।”
कम्पनीले आगामी दिनमा निर्यात विस्तार, अन्तर्राष्ट्रिय बजारमा उपस्थिति सुदृढीकरण तथा औद्योगिक विकासमा योगदानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिकृया