लक्ष्मी सनराइज बैंकले ‘स्मार्टफोन लोन’ नतिर्ने ३० जनाको नाम सार्वजनिक गर्यो

लक्ष्मी सनराइज बैंकले ‘स्मार्टफोन लोन’ नतिर्ने ३० जनाको नाम सार्वजनिक गर्यो
Advertisement Ads

लक्ष्मी सनराइज बैंकले ‘स्मार्टफोन लोन’ सुविधा लिएर समयमा कर्जा तिर्न नसकेका ३० जना ऋणीको नाम सार्वजनिक गरेको छ। आइतबार सार्वजनिक सूचना जारी गर्दै बैंकले ती ऋणीलाई ३५ दिनभित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गर्न निर्देशन दिएको हो।

बैंकका अनुसार सम्झौता अनुसार किस्ता तिर्नुपर्ने भए पनि बारम्बार ताकेता गर्दा समेत ऋणीहरू सम्पर्कमा नआएपछि यो सूचना सार्वजनिक गरिएको हो। सूचनामा भनिएको छ, “बैंकबाट पटक–पटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरी सम्पर्कमा समेत नआएकाले यो सूचना जारी गरिएको हो।”

बैंकले सूचनामा उल्लेख गरेअनुसार, ३५ दिनभित्र सम्पूर्ण रकम चुक्ता नगरेमा कर्जा असुली प्रक्रिया अघि बढाइनेछ। यसअन्तर्गत नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सम्बन्धित ऋणीहरूको नाम कर्जा सूचना केन्द्र (CIC) को कालोसूचीमा पठाइने र आवश्यक कानुनी प्रक्रिया अपनाएर लोन असुल गरिने चेतावनी पनि दिइएको छ।

सार्वजनिक सूचनामा ३० जना ऋणीहरूको नाम, नागरिकता नम्बर र ठेगाना उल्लेख गरिएको छ। ती ऋणीहरू पर्सा, रूपन्देही, मोरङ, मकवानपुर, ललितपुर, चितवन, झापा, कैलाली लगायत देशका विभिन्न जिल्लाका हुन्।

हालका वर्षहरूमा बैंकहरूले मोबाइल एपमार्फत सजिलै ऋण उपलब्ध गराउने ‘फोन लोन’ सुविधा विस्तार गर्दै आएका छन्।

4485623 scaled https://bajarkochirfar.com/laxmi-sunrise-bank-publishes-names-of-30-people-who-have-defaulted-on-smartphone-loans | %tags
photo credit: financial notices

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स