युनाइटेड इदी मर्दीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने ४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि शुक्रबार फागुन २३ गते बुक क्लोज गर्दैछ। त्यसैले, आजसम्म कायम रहेका सेयरधनी मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन्।
कम्पनीले उक्त लाभांश पारित गर्न आगामी चैत ११ गते साधारण सभा बोलाएको छ । सभा, आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।



















प्रतिकृया