कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप भुक्तानी फेरि स्थगित, किन रोकियो ?
समस्याग्रस्त घोषणापछि नेपाल राष्ट्र बैंकको नियन्त्रणमा रहेको कर्णाली डेभलपमेन्ट बैंकले माघ ८ देखि ११ गतेसम्मका लागि निक्षेप भुक्तानी रोक्ने निर्णय गरेको छ। बैंकले एक सूचना जारी गर्दै तरलता व्यवस्थापन तथा नियमित कार्य सञ्चालनका लागि यो निर्णय गरिएको जानकारी दिएको छ।
यस बैंकलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहबाट संस्था व्यवस्थापन तथा सञ्चालन भई रहेको छ । यसअघि प्राथमिकताको आधारमा बैंकमा क्रमशः निक्षेपकर्ताहरुलाई निक्षेप भुक्तानी भइरहेको थियो । मंगलवारदेखि शुक्रवारसम्म निक्षेप भुक्तानीको कार्य स्थगन गरिएको उनले जानकारी दिए ।
हाल तरलता व्यवस्थापनको कार्य भइरहेको हुँदा तरलता व्यवस्थापन भएपछि निक्षेप भुक्तानीको कार्य पुनः सुचारु गर्ने समेत उनले जानकारी दिए । निक्षेपकर्ताहरुको निक्षेप भुक्तानी गर्ने कार्यलाई यस समूहले पहिलो प्राथमिकतामा राखी कार्य गरिरहेको र नियमानुसार क्रमशः भुक्तानी हुने उनले जानकारी दिए ।