कामना सेवा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा आज (असोज २४ गते) बिहान ११ बजे नक्सालस्थित लिसारा रिसेप्सनमा बस्दैछ। सभामा बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
साथै, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक तथा सर्वसाधारण सेयरधनीतर्फबाट तीन–तीन जना गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ।
गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभामा समावेश छन्।
लाभांश र सभासम्बन्धी प्रयोजनका लागि बैंकले असोज ८ गते बुक क्लोज गरेको छ। त्यस अनुसार असोज ७ गतेसम्म नेप्सेमा नाम दर्ता भएका सेयरधनी मात्र सभामा सहभागी भई लाभांश प्राप्त गर्न योग्य हुनेछन्।




















प्रतिकृया