Advertisement
Ads

कामना सेवा विकास बैंकले ९% प्रतिफलमा अग्राधिकार सेयर जारी गर्ने स्वीकृति पायो



Advertisement
Ads

कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकबाट अविमोच्य अग्राधिकार सेयर जारी गर्ने स्वीकृति प्राप्त गरेको छ। बैंकले आफ्नो अठारौं वार्षिक साधारण सभामा अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो, जुन नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पेश गरिएको थियो।

नेपाल राष्ट्र बैंकले मंगलबार उक्त सेयर जारी गर्न स्वीकृति प्रदान गरेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका छन्। गत वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजीकोष सुदृढीकरणका लागि हकप्रद सेयरको विकल्पको रूपमा अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने व्यवस्था गरेको थियो।


Advertisement

नेपाल राष्ट्र बैंकले यस निर्णयसँगै बैंकलाई ३५ लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने अनुमति दिएको छ। उक्त सेयर ९ प्रतिशत प्रतिफल दरमा जारी हुनेछ, जसले बैंकको पुँजीकोष वृद्धि गर्न र व्यवसाय विस्तारका अवसरहरू सिर्जना गर्नेछ।

बैंकका अनुसार बजारको तरलता र प्रतिफल दरलाई ध्यानमा राख्दै संस्थागत लगानीकर्ताहरूका लागि ९ प्रतिशत लाभांश दिने अग्राधिकार सेयर उपयुक्त लगानी विकल्प हुनेछ। अब नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि उक्त अग्राधिकार सेयर बिक्री गरिनेछ र सम्वन्धित नियामक निकायको स्वीकृतिपछि स्टक एक्सचेञ्जमा सूचिकृत गरिने थकालीले बताए।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर