स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा काफ्ले नियुक्त, को हुन् ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २७ गते
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा काफ्ले नियुक्त, को हुन् ?

नेपाल सरकारले डा. रघुराज काफ्लेलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। तनहुँ निवासी काफ्ले सिफारिस समितिको सुझावका आधारमा छनोट भएका तीन उम्मेदवारमध्ये नियुक्त भएका हुन्। स्वास्थ्य मन्त्रालयले डा. काफ्ले, डा. कृष्णप्रसाद अधिकारी, र कमल पन्थीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलद्वारा गठित बीमा सुझाव कार्यदलमा डा. काफ्ले सदस्य रहेका थिए। कार्यदलले स्वास्थ्य बीमा सुधारका लागि तयार पारेको प्रतिवेदनमा उनको महत्त्वपूर्ण भूमिका थियो।

यसअघि गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी भइसकेका काफ्लेले श्रमिक तथा आश्रित परिवारको हितमा विभिन्न कल्याणकारी कार्यक्रम सुरु गरेका थिए। उनको नेतृत्वमा राहत रकममा ४०० प्रतिशत वृद्धि तथा बीमामा १०० प्रतिशत वृद्धि गरिएको थियो। गम्भीर रोग उपचारका लागि श्रमिक बीमा कार्यक्रम पनि उनले सुरु गरेका थिए।

डा. काफ्ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) मा एक दशकभन्दा बढी वरिष्ठ अधिकारीका रूपमा कार्यरत थिए। उनी विभिन्न विकास रणनीति निर्माणमा संलग्न रहँदै आएका छन्। अर्थशास्त्रमा विद्यावारिधी (PhD) गरेका काफ्ले लामो समय प्राध्यापनमा पनि संलग्न थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स