जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले १ बराबर ०.६५ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट जेठ २६ गते स्वीकृति प्राप्त गरेको हो।
यसका लागि कम्पनीले असार ८ गते बुक क्लोज गरिसकेको छ, जसअनुसार असार ७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नाम रहेका सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति भदौ ४ गते तोकिएको छ।
हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ, जसले हकप्रद सेयरपछि बढेर ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ। हकप्रदबाट संकलन हुने रकम माथिल्लो पुवा १ (३ मेगावाट) जलविद्युत् आयोजनाको कर्जा भुक्तानी र संरचना मर्मतमा खर्च गरिनेछ।
यस हकप्रद सेयर निष्काशनको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एलएस क्यापिटल लिमिटेड रहेको छ।




















प्रतिकृया