अझै कहिलेसम्म सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै जोशी हाइड्रोपावरको सेयर किन्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक ९ गते
अझै कहिलेसम्म सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै जोशी हाइड्रोपावरको सेयर किन्न पाउने ?

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले असोज २८ गतेदेखि लिलाम मार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद सेयरमा कात्तिक ११ गते मंगलबार दिउँसो ३ बजेसम्म आवेदन दिन सकिनेछ। यस लिलामीमा संस्थापक, सर्वसाधारण व्यक्ति तथा संघ–संस्था लगायत इच्छुक जोकोहीले आवेदन दिन सक्नेछन्।

कम्पनीले उक्त सेयर प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँका दरले गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न आह्वान गरेको हो। इच्छुक व्यक्तिले आवेदन दिँदा कम्तीमा १०० कित्ता र बढीमा बाँकी सेयर संख्याको १० प्रतिशत वा सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन्।

बोलपत्र फाराम कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी–काठमाडौंबाट प्राप्त गर्न सकिनेछ। साथै, लक्ष्मी सनराइज बैंकका शाखा  विराटनगर (हनुमानदास सडक), वीरगन्ज (आदर्शनगर), हेटौंडा, पोखरा (न्युरोड), बुटवल (मिलनचोक), वीरेन्द्रनगर (वीरेन्द्रचोक) र धनगढी (लक्ष्मी नारायण चोक) बाट पनि फाराम लिन सकिने व्यवस्था गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स