जोशी हाईड्रोपावरको लिलामी सेयर बाँडफाँड सम्पन्न, कटअफ प्राइस कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २१ गते
जोशी हाईड्रोपावरको लिलामी सेयर बाँडफाँड सम्पन्न, कटअफ प्राइस कति ?

जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले असोज २८ गतेदेखि कात्तिक ११ गतेसम्म लिलामीमा बिक्रीका लागि खोलिएका १ लाख ८९ हजार ५२७ कित्ता सेयर बाँडफाँड गरेको हो।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्रहरू कात्तिक १७ गते खोली, कात्तिक २० गते कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो। उक्त लिलामीको अन्तिम कट–अफ मूल्य प्रतिकित्ता २४४ रुपैयाँ निर्धारण गरिएको छ। यस मूल्यमा आवेदन दिएका लगानीकर्तालाई सापेक्षिक भारअनुसार समानुपातिक रूपमा सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।

लिलामीमा नपरेका सेयर वापतको रकम कात्तिक २३ गते आइतबारदेखि फिर्ता भुक्तानी गरिनेछ। यी सेयरको विक्री प्रबन्धक लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड रहेको थियो। कम्पनीले ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्दा बाँकी रहेका अवितरित शेयर लिलामीमार्फत बिक्री गरी प्रक्रिया सम्पन्न गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स