आजदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै जोशी हाइड्रोपावरको सेयर किन्न पाउने

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २८ गते
आजदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै जोशी हाइड्रोपावरको सेयर किन्न पाउने

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर आज (असोज २८ गते) देखि लिलाम (बढाबढ) प्रक्रिया मार्फत बिक्रीमा ल्याएको छ।

कम्पनीले साउन १५ देखि भदौ १९ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो। सो अवधिमा सर्वसाधारण समूहतर्फका १ लाख ८९ हजार ९२७ कित्ता सेयरका लागि आवेदन नपरेपछि ती सेयर बाँकी रहेका हुन्।

अब ती बाँकी सेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न आह्वान गरिएको छ। इच्छुक व्यक्तिले आवेदन दिँदा कम्तीमा १०० कित्ता र बढीमा बाँकी सेयर संख्याको १० प्रतिशत वा सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन्।

बोलपत्र असोज २८ गते मंगलबारदेखि कात्तिक ११ गते मंगलबार दिउँसो ३ बजेभित्र पेश गर्न सकिनेछ। बोलपत्र फाराम काठमाडौंको कमलपोखरीस्थित कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडबाट प्राप्त गर्न सकिनेछ।

यसबाहेक, लक्ष्मी सनराइज बैंकका शाखा विराटनगर–हनुमानदास सडक, वीरगन्ज–आदर्शनगर, हेटौंडा, पोखरा–न्युरोड, बुटवल–मिलनचोक, वीरेन्द्रनगर–वीरेन्द्रचोक र धनगढी–लक्ष्मी नारायण चोकबाट पनि फाराम प्राप्त गर्न सकिनेछ।

यस लिलामीमा संस्थापक, सर्वसाधारण व्यक्ति तथा संघ–संस्था लगायत इच्छुक जोकोहीले आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स