insta insta

एस.एल.सी पास भएकाहरुलाई स्वाभिमान लघुवित्तमा जागिर खुल्यो

एस.एल.सी पास भएकाहरुलाई स्वाभिमान लघुवित्तमा जागिर खुल्यो
Advertisement Ads

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको ईजाजतपत्र प्राप्त लुम्बिनी प्रदेशस्तर कार्यक्षेत्र भएको स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आफ्नो शाखा कार्यालयहरूमा कर्मचारी आवश्यक परेको भन्दै योग्य नेपाली नागरिकहरूबाट दरखास्त आव्हान गरेको छ। कम्पनीले कनिष्ठ सहायक (परिक्षणकाल/प्रशिक्षार्थी) पदका लागि आवेदन माग गरेको छ।

उम्मेदवारको शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरहको परीक्षा उत्तिर्ण हुनु पर्नेछ। उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। अनुभव प्राप्त उम्मेदवारलाई सिधै परिक्षणकाल सेवामा नियुक्त गर्न सकिने व्यवस्था छ भने प्रशिक्षार्थी पदमा ६ महिनाको प्रशिक्षण तथा ६ महिनाको परिक्षणकाल पश्चात स्थायी सेवामा प्रवेश गराइनेछ। महिला उम्मेदवारको हकमा तोकिएको उमेरको अधिकतम सीमा ५ वर्षले बढाइनेछ।

आवेदन दिन इच्छुक उम्मेदवारले आफ्नो दरखास्तसहित नेपाली नागरिकताको छाया प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, कार्यअनुभव प्रमाणपत्र आदि १५ दिन भित्र, अर्थात् २०८२/०९/२५ गतेभित्र संस्थाको केन्द्रीय कार्यालय वा नजिकको शाखा कार्यालयमा वा ईमेल (smbs/[email protected]) मार्फत पेश गर्नुपर्नेछ। योग्य आवेदकहरूको शार्टलिस्ट सूची संस्थाको (वेबसाइट) मा प्रकाशित गरिनेछ। शार्टलिस्टको अन्तिम नतिजा २०८२/०९/२९ गते कार्यालय समय भित्र सार्वजनिक गरिनेछ।

आवेदन पेश गर्दा नेपाल बाहिरका शैक्षिक संस्थाबाट प्राप्त प्रमाणपत्रहरूको समकक्षता प्रमाणित गर्नुपर्नेछ। पदपूर्ति समितिलाई पद संख्या आवश्यकतानुसार थप्न वा घटाउन, भर्ती प्रक्रिया एकै पटक वा पटक–पटक संचालन गर्ने तथा विज्ञापनसम्बन्धी विवादमा अन्तिम निर्णय गर्ने अधिकार हुने उल्लेख गरिएको छ। परिक्षाको किसिम अन्तरवार्ता हुनेछ र तलब, भत्ता तथा अन्य सुविधा संस्थाको नियमानुसार प्रदान गरिनेछ।

605661188 1329843312493515 7831386456697578780 n https://bajarkochirfar.com/jobs-available-at-swabhiman-microfinance-for-slc-passers | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स