+२ पास भएकाहरुलाई महुली लघुवित्तमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

+२ पास भएकाहरुलाई महुली लघुवित्तमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

महुली लघुवित्त वित्तीय संस्था लिमिटेड सप्तरीले विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ। शाखा प्रमुख (वरिष्ठ सहायक) पदका लागि प्रवीणता प्रमाणपत्र वा १०+२ तह उत्तीर्ण, बैंक तथा वित्तीय संस्थामा सहायक पदमा कम्तीमा ३ वर्षको अनुभव, कम्प्युटर र लघुवित्त सफ्टवेयर चलाउन सक्ने तथा दुईपांग्रे सवारी चालक अनुमतिपत्र भएको उम्मेदवार आवश्यक छन्।

कनिष्ठ सहायक (फिल्ड संचालन) पदका लागि १०+२ तह उत्तीर्ण, कम्प्युटर तथा लघुवित्त सफ्टवेयर चलाउन सक्ने, दुईपांग्रे सवारी चालक अनुमतिपत्र भएको, १ वर्षको फिल्ड अनुभव वा संस्थामा ६ महिना स्थानीय सहजकर्ताको अनुभव भएको उम्मेदवार आवश्यक छन्।

उमेर सीमा १८–३५ वर्ष (महिलाका लागि ५ वर्ष थप) हुनेछ। दुवै पदमा ६ महिने परीक्षण अवधि रहनेछ। आवेदन फारम संस्थाको वेबसाइटबाट डाउनलोड गरी भाद्र ११ गतेसम्म PDF मा hr.mahuli@gmail.com मा पठाउनुपर्नेछ।

Open Vacancy BM JA 2082 04 28 page 0001 1 https://bajarkochirfar.com/jobs-are-available-in-mahuli-microfinance-for-those-who-have-passed-2-for-which-positions-can-they-apply | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स