गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले देशभर रहेका १५ शाखा, उपशाखा, र एक्सटेन्सन कार्यालयका लागि बजार व्यवस्थापक पदमा कर्मचारी माग गरेको छ।
इच्छुक उम्मेदवारहरूले आफ्नो व्यक्तिगत विवरण (Biodata) र औपचारिक निवेदन सहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र [email protected] मा आवेदन पेश गर्न सक्नेछन्।
भरतपुर (चितवन), नुवाकोट, खाँदबारी (संखुवासभा), प्युठान, भोजपुर, बुटवल, स्याङ्जा, गोर्खा, बागलुङ, लाहान, मिर्चैया, चन्द्रगढी, चन्द्रनिगाहपुर, र धनकुटा कार्यालयका लागि पदपूर्तिको आवश्यकता रहेको छ। आवेदन दिनका लागि उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम +२ उत्तीर्ण गरेको हुनुका साथै कम्प्युटर सम्बन्धी ज्ञान हासिल गरेको हुनुपर्नेछ।
बीमा क्षेत्रमा अनुभव भएका र मोटरसाइकल वा स्कुटर भएका उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ।


प्रतिकृया