नेपाल एसबीआई बैंक लिमिटेड, नेपालको एक प्रतिष्ठित “ए” वर्ग वाणिज्य बैंकले देशभरका शाखा तथा कार्यालयहरूमा ‘ट्रेनी कस्टमर असिस्टेन्ट’ पदका लागि योग्य, ऊर्जाशील र प्रतिभाशाली युवा नेपाली नागरिकबाट आवेदन मागेको छ।
यस पदका लागि सरकारले मान्यता दिएको विश्वविद्यालयबाट व्यवस्थापन वा अन्य समकक्ष विषयमा स्नातक तह उत्तीर्ण गरेको र कम्तीमा ५०% अंक वा ४ मा ३ सीजीपीए प्राप्त गरेको हुनु आवश्यक छ। उम्मेदवारको उमेर २०८२ असार १८ (जुलाई २, २०२५) सम्ममा अधिकतम २५ वर्ष नाघ्नुहुँदैन।
इच्छुक उम्मेदवारहरूले आफ्नो आवेदन कभर लेटर, नवीनतम बायोडाटा, हालको पासपोर्ट साइज फोटो, चरित्र प्रमाणपत्र, शैक्षिक प्रमाणपत्रहरू (SLC देखि स्नातकसम्म), समकक्षता प्रमाणपत्र (यदि लागु हुन्छ भने), अनुभव प्रमाणपत्र (यदि छ भने) र नागरिकता प्रमाणपत्रसहित https://www.kumarijob.com/nsbl मा रहेको इलेक्ट्रोनिक भर्ती आवेदन मार्फत २०८२ असार १८ गते साँझ ५ बजेसम्म बुझाउनुपर्नेछ।


प्रतिकृया