नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट (इ-मेल सहित) सेवा प्रदायक नेपाल वायरलेसको इन्टरनेट सेवा सञ्चालन अनुमति खारेज गरेको छ। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा. महावीर पुनको नेतृत्वमा रहेको इन्टरनेट सेवा प्रदायक कम्पनी खारेजीमा परेको हो। म्याग्दी राम्चेमा सञ्चालनमा रहेको उक्त कम्पनीले तोकिएको समयमा अनुमतिपत्र नवीकरण नगरेकाले स्वचालित रूपमा खारेज भएको प्राधिकरणले जनाएको छ।
साथै, कम्पनीले नियमानुसार तिर्नुपर्ने बक्यौता रकम बुझाउनुपर्ने भएकाले ३० दिनभित्र प्राधिकरणमा उपस्थित हुन सूचना जारी गरिएको छ।तोकिएको समयसीमाभित्र सम्पर्क नगरिएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्राधिकरणले जनाएको छ।


प्रतिकृया