नेपालमा भारतीय पर्यटकले फोनपे क्यूआर स्क्यान गरी गरे १ अर्ब ६० करोड रुपैयाँको कारोबार

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ४ गते
नेपालमा भारतीय पर्यटकले फोनपे क्यूआर स्क्यान गरी गरे १ अर्ब ६० करोड रुपैयाँको कारोबार

नेपालमा डिजिटल भुक्तानीको प्रयोग तीव्र रूपमा वृद्धि भइरहेको छ। पछिल्लो एक वर्षमा मात्रै भारतीय पर्यटकहरूले फोनपे क्यूआर स्क्यान गरी १ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको कारोबार गरेका छन्। भुक्तानी प्रणाली सञ्चालक फोनपेको हालै सार्वजनिक प्रतिवेदनअनुसार, सीमापार यूपीआई भुक्तानी प्रणालीले भारतीय पर्यटकहरूलाई नेपालमा डिजिटल भुक्तानी सहज बनाएको देखिएको छ।

फोनपेले एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (NIPL) सँगको सहकार्यमा एक वर्षअघि नेपालमा भारतीय यूपीआई भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको थियो। यो सेवा सुरु भएपछि भारतीय पर्यटकहरूले होटल, रेस्टुरेन्ट, खुद्रा पसल तथा ट्रेकिङ जस्ता सेवाहरूमा सहज रूपमा डिजिटल भुक्तानी गरिरहेका छन्।

फोनपेको तथ्यांकअनुसार, पाँच लाख ६० हजारभन्दा बढी भारतीय पर्यटकहरूले नेपाल भ्रमणका क्रममा फोनपे क्यूआर स्क्यान गरी यूपीआईमार्फत भुक्तानी गरेका छन्। कुल कारोबारमध्ये सबैभन्दा धेरै २७ प्रतिशत खुद्रा पसलमा खर्च भएको छ, भने १९.६८ प्रतिशत रेस्टुरेन्ट तथा क्याफेहरूमा र १५.४ प्रतिशत होटल तथा रिसोर्टहरूमा खर्च गरिएको छ।

प्रदेशगत हिसाबले भारतीय पर्यटकहरूले सबैभन्दा धेरै खर्च बागमती प्रदेशमा गरेका छन्, जहाँ ४४ प्रतिशत कारोबार भएको देखिन्छ। त्यसपछि गण्डकी प्रदेशमा १५ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा १४ प्रतिशत, मधेश र लुम्बिनी प्रदेशमा समान रूपमा ९/९ प्रतिशत, कोशी प्रदेशमा ८ प्रतिशत र कर्णाली प्रदेशमा १ प्रतिशत कारोबार भएको छ।

भारतीय पर्यटकहरूले २५ रुपैयाँको चियादेखि १.६ लाख रुपैयाँसम्मको ट्रेकिङ खर्चसमेत फोनपे क्यूआरमार्फत भुक्तानी गरेका छन्। कुल कारोबारमध्ये ४२ प्रतिशत भुक्तानी १,००० देखि ५,००० रुपैयाँसम्मका रहेका छन्, भने ४८ हजारभन्दा बढी भारतीय पर्यटकहरूले तीन पटकभन्दा बढी यूपीआईमार्फत भुक्तानी गरेका छन्।

 

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स