आइएमई पे र खल्ती वालेट एक आपसमा गाभिएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत डिजिटल भुक्तानी सेवा आजदेखि सुरु भएको छ। यो मर्जरले कूल १ करोड २७ लाखभन्दा बढी प्रयोगकर्ताहरूलाई एउटै एपबाट सजिलै सेवा लिन सक्ने अवसर प्रदान गरेको छ।
नयाँ कम्पनीको चुक्ता पुँजी ५४ करोडभन्दा बढी छ र यसले देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बन्ने दाबी गरेको छ। आइएमई पे र खल्तीका लोकप्रिय सेवाहरू अब एकै एपमा सहज, सरल र सुरक्षित रूपमा उपलब्ध हुनेछन् भने पुराना प्रयोगकर्ताहरूका विवरणहरू समेत नयाँ एपमा माइग्रेट गरिनेछ।
आइएमई डिजिटल सोलुसन्सका अध्यक्ष कृष्ण प्रसाद शर्मा र खल्तीका अध्यक्ष मनोज अग्रवालले यो मर्जरले डिजिटल वित्तीय क्षेत्रमा ठूलो प्रगति ल्याउने बताएका छन्।










![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-768x432.jpg)





![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया