insta insta

कहिलेसम्म सेयर किन्नेले भर्न पाउनेछन् बुद्ध भूमि नेपाल हाइड्रोपावरको १०० प्रतिशत हकप्रद?

कहिलेसम्म सेयर किन्नेले भर्न पाउनेछन् बुद्ध भूमि नेपाल हाइड्रोपावरको १०० प्रतिशत हकप्रद?
Advertisement Ads

बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्काशनका लागि फागुन १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, माघ २९ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डले माघ २१ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो। कम्पनीले यो अनुमति प्राप्त गर्न गत फागुन १२ गते बोर्डमा आवेदन दिएको थियो।

कम्पनीले १:१ अनुपातमा हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशनको अनुमति पाएको छ। यस अन्तर्गत कम्पनीले कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर जारी गर्ने योजना बनाएको छ।

सेयर निष्काशनको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

622364680 1518880985876530 8978331036621264128 n https://bajarkochirfar.com/how-long-will-share-buyers-be-able-to-subscribe-to-buddha-bhumi-nepal-hydropowers-100-percent-rights-issue | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स