हाथवे इन्भेष्टमेन्ट नेपालको लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्नुपर्ने?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ८ गते
हाथवे इन्भेष्टमेन्ट नेपालको लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्नुपर्ने?

हाथवे इन्भेष्टमेन्ट नेपालको १२.६३२ प्रतिशत लाभांश सुरक्षित गर्ने भदौ १२ गते अन्तिम दिन रहेको छ। साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ १३ गते बुक क्लोज  गर्दैछ।  जसअनुसार भदौ १२ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन्।

उक्त लाभांश पारित गर्न कम्पनीले आफ्नो  १७ औँ वार्षिक साधारण सभा भदौ २५ गते बुधबार बिहान १० बजे काठमाडौँको आम्रपाली ब्याङ्क्वेटमा आह्वान गरेको छ। सभामा कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट कुल १२.६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ, जसमा १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश रहनेछ।

सभामा अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, २०८१/८२ को वित्तीय विवरण र २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति प्रस्ताव पारित हुनेछ। साथै, ४ जना सञ्चालकको निर्वाचन, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन, १६ करोड ९८ लाख बोनस सेयर वितरण र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव प्रस्तुत हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स